प्रचण्डलाई ‘जुत्ता हान्छु’ भनेर फेसबुकमा लेखेका पत्रकार पक्राउ


घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगर ३ बस्ने यज्ञ बहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए- हिजो सकेनन्, चितवनबासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब ।

चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ ।

प्रकाशित : २०७९ बैशाख २५, आईतवार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ