मधेस : माओवादीका उम्मेदवारलाई विष खुवाएको भन्दै प्रदर्शन, अवस्था तनावग्रस्त


सर्लाही । हरिवन नगरपालिका ११ का माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार मो. शेख इस्तिहारलाई विष खुवाइएको भन्दै सर्लाहीको हरिवनमा माओवादीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

आइतबार विहान हरिवन ११ मा माओवादी केन्द्रले गरेको घरदैलोको क्रममा वडाअध्यक्षलाई विष खुवाइएको बताइएको छ। उनीहरुले एमाले उम्मेदवारको योजनामा विष खुवाएको आरोप लगाएका छन् ।

विषका कारण वडाअध्यक्ष उम्मेदवार इस्तिहारसहित ६ जना बिरामी परेका छन् । बिरामी हुनेमा मोहम्मद रिजवान, ओमप्रकाश साह, शेख आरिफ, पुर्णिमा कार्की, दिलीप खड्का रहेका छन् ।

वडाअध्यक्षका उम्मेदवार इस्तिहारको अवस्था गम्भीर रहेको छ। उनलाई हरिवनको स्वाभिमान अस्पतालमा उपचारपछि थप उपचारका लागि बीरगञ्ज लगिएको छ ।अन्य बिरामीलाई पनि बीरगञ्ज लैजाने तयारी गरिएको छ ।

माओवादी कार्यकर्ताले घटनाको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण हरिवन बजार तनावग्रस्त बनेको छ ।

प्रकाशित : २०७९ बैशाख २५, आईतवार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ