मंगलबारदेखि मदिरा बिक्री बन्द, निर्वाचन अवधिभर सवारी साधन चलाउन निषेध


काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा रोक लगाइएको जनाएको छ ।

वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै, प्रशासन कार्यालयले निर्वाचन हुने दिन बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म चलाउन नपाइने बताएको छ ।

प्रकाशित : २०७९ बैशाख २५, आईतवार २०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ