BREAKING : सिरहामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप


जनकपुरधाम । सिरहाको मिर्चैया बजारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाकै अगाडी दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा माओवादी कार्यकर्ता चढ्ने एउटा कारमा काँग्रेस कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । कारको अगाडीको सिसा फुटेको छ ।

मिर्चैयाका डिएसपी हरिबहादुर ओलीका अनुसार वडा नम्बर २ मा काँग्रेस र माओवादीका कार्यकर्ताबीच विवाद भएको थियो । दुबै पक्षका मानिसलाई ल्याएर छलफल गरिरहेकै बेला सामान्य झडप भयो । अहिले विवाद मिलाउन छलफल भइरहेको छ ।

काँग्रेसले माओवादी र माओवादीले काँग्रेसमाथि आर्थिक चलखेल गरी मतदाता फकाउने प्रयास गरेको आरोप लगाइरहेको छ । यही विषयमा विवाद बढेर तनाव सृजना भएको स्थानीय बताउँछन् ।

मिर्चैयामा नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयर श्रवण यादव पुनः चुनावी मैदानमा छन् । नेपाली काँग्रेसले सिताराम यादवलाई मेयरमा खडा गरेको छ ।

प्रकाशित : २०७९ बैशाख २६, सोमबार १४:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ