Sad News : एमाले वडा अध्यक्ष उम्मेदवार चौधरीको निधन


घोराही । दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमवार राति निधन भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए ।

उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गरेका थिए । चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।

तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यहीं क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ