आज रातिदेखि सीमा नाका बन्द हुने, भारतबाट आउन-जान नपाउने


काठमाडौँ । सरकारले चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र आजरातिबाट ‘सिल’ गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनका लागि सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो । निर्वाचन आयोगको निर्णयअनुसार आज मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द रहनेछ ।

नेपालको भारतसँग करिब १ हजार ८ सय ८० किमि र चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइको सीमा छ । ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् ।

मतदानअघिको मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन पनि स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई निर्देशन दिइएको का प्रवक्ता फणीन्द्रमणि पोखरेलको भनाई छ ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ