BREAKING : बाबुरामको गृहनगर पालुङटारमा एमाले-जसपा तालमेल


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

मौनअवधिको पूर्वसन्ध्यामा भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । सहमतिअनुसार पालुङटार नगरपालिकाको प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेलाई सघाउने भएको छ।

यस्तै उक्त नगरपालिकाको ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ नम्बर वडामा जसपालाई एकअर्कालाई सघाउने पनि सहमति भएको छ । सहमति पत्रमा जसपाका तर्फबाट अध्यक्ष यानप्रसाद भट्ट र एमालेका तर्फबाट प्रेम गुरुङले हस्ताक्षर गरेका छन् ।

यसअघि यहाँ सत्तारुढ गठबन्धनबीच भागबन्डालाई लिएर विवाद थियो । सुरुमा कांग्रेस र समाजवादीले तालमेल सहमति गरेका थिए । तर सहमति कार्यान्वयन हुन नसकेपछि पालुङटारमा एक्ला एक्लै लड्ने निष्कर्ष सत्तारुढ दलले निकालेका थिए ।

तर समाजवादी एक्लै परेको अवस्थामा बाबुरामकै पहलमा एमालेसँग तालमेल भएको हो । बाबुराम पछिल्लो समय एमाले विरुद्ध आक्र मक नेतामध्ये एक हुन् ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार १६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ