औरहीमा झडप : पाँच जना घाइते, यस्तो छ कारण


जनकपुरधाम । महोत्तरीको औरहीमा दुईक्षबीच झडप भएको छ। झडपमा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

बिहीबार बिहान जग्गाको विषयमा औहरी नगरपालिका २ बस्ने चन्देश्वर साह र राम जिवन यादव पक्षबीच झडप भएको हो । झडपमा चन्देश्वर साहकी श्रीमती ६५ वर्षीया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षीय रामसिकिल साह गम्भीर घाइते भएका छन् ।

दुवैजनालाई उपचारको लागि धरान पठाएको छ । अर्को पक्षका ५५ वर्षीय रामजीवन यादव, उनका भाइ ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

उनीहरुको औरहीस्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहेको छ। उनीहरूबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो । त्यसलाई नै लिएर झडपको स्थिति भएको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७९ बैशाख २९, बिहीबार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ