रौतहटमा दुई पक्षबीच झडप, मतदान स्थगित


रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ ।

विजयपुर नगरपालिका ३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच एकआपसमा विवाद हुँदा हवाई फायर गर्नु परेको रौतहट प्रहरीले जनाएको छ ।

झडपका कारण सो मतदान केन्द्रमा केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको छ ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ