माओवादी नेता मातृकाप्रसाद यादवले गरे मतदान


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित राम प्रसाद मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

आज विहान मतदानस्थल पुगेर उनले मतदान गरेका हुन् । मतदान गरेको तस्वीर सामाजिक संजाल राख्दै नेता यादवले स्थानीय निर्वाचनमा सबैला नगरपालिकाबाट सार्वभौम अधिकारको प्रयोग गरेको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्रको उच्चतम स्वरूपको अभ्यास गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद समेत दिएका छन् ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार १२:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ