मधेसमा हावाहुरी र वर्षाले मतदान कहाँ कहाँ स्थगित भयो ?


जनकपुरधाम । हावाहुरी र वर्षाले मधेसका विभिन्न जिल्लामा मतदान स्थगित भएको छ ।

धनुषामा भने केहिबेर मतदान स्थगित भएर पुन: सुरू भएको हो । निर्वाचन आयोग मधेस प्रदेश प्रमुख श्रीधर पन्थीले धनुषाका सबै मतदान केन्द्रमा पुन: मतदान सुरु भइसकेको बताए ।

उनले भने- हावाहुरीसंगै वर्षा भएपछि केहिबेर मतदान स्थगित भएको थियो । धनुषामा अहिले घाम लागेपछि सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ । अन्य जिल्लाको अपडेट छैन् ।’

सिरहामा भने अहिले वर्षा भइरहेको छ । दिउँसो करिब सवा ४ बजेपछि हावाहुरी चलेको थियो । वर्षा भइरहेकाले मतदान स्थगित गरिएको छ । वर्षा रोकिएपछि मतदान सुरु गरिने बताइएको छ ।

हावाहुरी र वर्षाका कारण जति समय मतान रोकियो त्यति समय थप गरी मतदान सम्पन्न गरिने निर्वाचन आयोग मधेस प्रदेश प्रमुख पन्थीको भनाई छ ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ