रौतहटको मतदान केन्द्रबाट यसरी लुटियो मतपेटिका, अब के होला ?

काठमाडौं । रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी गर्ने काम भएको छ ।

मतदानको समय सकिए पछि जिल्लाका विभिन्न स्थानमा मतपेटिका लुट्ने र आगजनी गर्ने कार्य भएको हो ।जिल्लाको बोधीमाई नगरपालिका २ मा तीन मतपेटिका लुटिएको र ती मतपेटिकामा आगजनी गरिएको छ ।

सो घटनामा एक जना प्रहरी पनि घाइते भएको जनाकारी आए पनि उसको अवस्था बारे जिल्ला प्रहरी कार्यालयमा जानकारी नभएको प्रहरीको भनाई छ ।

जिल्लामा धेरै मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी भई रहेकाले सुरक्षा निकाय व्यस्त रहेका कारण सबै स्थानको विवरण आई नसकेको प्रहरीले जनाएको छ ।

यता यमुनामाई गाउँपालिकाको वडा नं. १ बाट मतपेटिका लुटी बाहिर निकाली तोडफोड गरिएको मतदान अधिकृत हरि प्रसाद शर्माले जनाकारी दिए ।

वडा नं.१ को केसरिया मतदान केन्द्रका तीन वटै मतदान स्थलको मतदान रद्द गरिएको उनको भनाइ छ ।

प्रकाशित : 13 May 2022 7:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !