Sad Breaking : मतपेटिका लुट्ने प्रयासपछि गो ली चल्यो, एक जनाको मृत्यु


उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गो ली लागेर एक युवाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गो लीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय १९ बर्षिय नविन कटुवाल रहेका छन् । उनको छातिमा गो ली लागेको छ ।

प्रहरीले चलाएको गो ली लागेर घरमा बसिरहेका स्थानीय १३ बर्षीय मन श्रेष्ठ घाईते भएका छन् । उनको खुट्टामा गो ली लागेको छ । वाहिरबाट ढुंगामुढा प्रहार गर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन् ।

उनको टाउकोमा चोट लागेको छ । घाईतेलाई उपचारका लागि कटारी ल्याईदैछ । प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गो ली चलेको बताएपनि घटनास्थल भौगोलिक विकट क्षेत्रमा रहेकाले मृत्यु पुष्टि भईनसकेको बताए ।

मृतक कटुवाल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् ।

विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गो ली लागि मृत्यू भएको बताएका छन् ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार २०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ