चुनाव गराएर फर्किने क्रममा मोटरसाइकल दुर्घटना : मतदान अधिकृतको मृत्यु


काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक मतदान अधिकृतको मृत्यु भएको छ ।

वीरेन्द्रनगर ८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२००१ ब ००११ नं को मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो । मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल उछिट्टिएर खाल्डोमा पर्दा बाटो छेउमा रहेका जस्तापातामा ठोक्किएर अधिकृत ढकालको घटनास्थलमै मृत्यु भएको हो ।

आज शुक्रबार सम्पन्न निर्वाचनमा वीरेन्द्रनगर ३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृतसमेत थिए ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार २२:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ