सिरहा नगरपालिका १ को वडाध्यक्षमा यादव पुनः विजयी


सिरहा । सिरहा नगरपालिका १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका महेश कुमार यादव विजयी भएका छन् ।

यादवले एक सय मतान्तरले विजयी भएका हुन् । यादवले ५११ मत पाएर विजयी भएको र उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राजदेव यादव ४११ मत पाएको बुझिएको छ ।

यादवको यो दास्रो कार्यकाल हो । २०७४ सालको निर्वाचनमा पनि उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार ०८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ