कल्याणपुर नगरपालिका १ को वडाध्यक्षमा जसपाका कामती पुनः विजयी


सिरहा । कल्याणपुर नगरपालिका १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका जयराम कामती पुनः निर्वाचित भएका छन् ।

वडाध्यक्षमा निर्वाचित कामतीले ६ सय ५४ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश्वर मण्डल ५ सय ५३ पाएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका सुरेश पण्डितले ४ सय ४७ प्राप्त गरेको बताइएको छ । कामती ०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ