जनकपुरः तीन वटा वडाको वडाध्यक्षमा काँग्रेस विजयी


धनुषा । जनकपुरधाम उपमहानगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेसका दीपनारायण यादव एक हजार १४३ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे ।

यता, मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेको जनाइएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् ।

जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा एकीकृत समाजवादीका सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ