धनुषाको धनौजी तनावग्रस्त, बढी मतपत्र भेटिएको भन्दै ढुंगामुढा, प्रहरीद्वारा फायरिङ


जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ ।

धनौजी गाउपालिका १ को मतगणना गर्ने क्रममा मतपत्र बढी भेटिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा लगायतका कार्यकर्ताहरु ढुंगामुढा गर्न थालेपछि प्रहरीसंग झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र आश्रुग्यास प्रहार गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले स्थिति नियन्त्रणमा लिन प्रहरीले ७/८ राउण्ड ह वाई फा यर र आश्रुग्यासहरू प्रहार गरेको बताए । स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको उनको भनाई छ ।

कांग्रेस पार्टीको जनप्रतिनिधि बाहेकको पार्टीका जनप्रतिनिधि र स्थानीयले निर्वाचन अधिकृतले चरम लापरबाही गरेको भन्दै आक्रोशित बनेर आन्दोलित बनेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ