मधेसको धनकौल गाउँपालिका काँग्रेसले जित्यो


सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी भएका छन् ।

साहले ४ हजार ४ सय ७७ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३ सय ७८ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकै अकली सहनी विजयी भएकी छिन् । उनले ४ हजार ५ सय ४ मत ल्याउँदा माओवादीकी निलम कुमारीदेवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गरिन् ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार ११:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ