बालेनको हारजितमा खसी बाजी राख्ने २ युवक पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन्द्र शाह ‘बालेन’को जित हारमा बाजी राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयाल रहेका छन् । उनीरुलाई खोटाङ प्रहरीले दिक्तेलबाट पक्राउ गरेको हो । उनीहरुले बाजी राख्दा गरेको तमसुकसमेत सार्वजनिक भएको थियो ।

विजयले बालेनले जित्छन् भन्ने पक्षमा बाजी राखेका थिए भने त्यसको बालेनले जित्दैनन् भन्ने पक्षमा रमेशको बाजी थियो ।

रमेशले हारेको अवस्थामा उनले विजयलाई २८ केजीको खसी दिनुपर्ने र विजय हारेको अवस्थामा उनले रमेशलाई २८ केजी तौलको मुल्य तिर्नुपर्ने तमसुकमा उल्लेख थियो।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ