राजेन्द्र महतोको वडामा कांग्रेसका उम्मेदबार साह निर्वाचित


सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदबार विजयी भएका छन् ।

महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह निर्वाचित भएका हुन् ।

६ सय १२ मतसहित साह निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी लोसपाका उम्मेदबार कामेश्वर साहले ५ सय ४४ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार २०:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ