मधेसको करैयामाई गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी


जनकपुरधाम । स्थानीय तह निर्वाचनमा बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टी विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव विजयी भएका हुन् । यादवले ५,५९८ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भुनेश्‍वर धामीलाई २,१९८ मतान्तरले पराजित गरेका हुन् । पराजित भुनेश्‍वर धामीले ३,४०० मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा ५ हजार ४३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखाकुमारी चौधरीले ३ हजार १ सय ७२ मत ल्याएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार ०५:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ