धनुषाको सहिदनगरमा १, २ र ४ मा कांग्रेसको वडाध्यक्ष विजयी


जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् ।

वडा नम्बर २ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सतेन्द्र चौरबार यादव निर्वाचित भएको भएका हुन् ।उनले ८७७ मत ल्याएर प्यानलसहित निर्वाचित भएका छन् ।

यादवको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार जैसीलाल भिनवारले ५ सय २४ मत ल्याएका थिए । वडा नम्बर ४ मा पनि नेपाली कांग्रेसका उम्मेदवार रमेश मुखिया विजयी भएका हुन् ।

मुखियाले माओवादी केन्द्रका उम्मेदवार भरत भुवन यादवलाई पराजित गरेको हो । उनले ७१२ र उनको निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार भरत भुवन यादवले ६२८ मत पाएका थिए ।

त्यस्तै वडा १ मा नेपाली कांग्रेसकै तेजीलाल निर्वाचित भएका छन् । यादव यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

९ वटा वडा रहेको नगरपालिकामा १,२ र ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने ४ मा जसपाका मनोज दास निर्वाचित भएका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ