मधेसको बलरा नगरपालिकामा माओवादीको मेयर र उपमेयर विजयी


जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा माओवादीका रामशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अभयकुमार सिंहले ३ हजार ६३१ मत ल्याएका छन् ।

उपमेयरमा माओवादीकी कोशीला देवीले ४ हजार ३५१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी राग्नी देवीले ३ हजार ७४० मत ल्याइन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ