लहानमा एमालेको गढ भत्किदै, कांग्रेसका वडाध्यक्षहरु धमाधम विजयी


सिरहा । सिरहाको लहान नगरपालिका ५ मा नेपाली कांग्रेसका वडाध्यक्ष, वडा सदस्य प्यानलसहित निर्वाचित भएका छन् ।

वडअध्यक्षमा कांग्रेसका अब्दुल करिमले एमालेका उम्मेदवार रिसायत लिमीभन्दा १४० मत बढी ल्याएर विजयी भएका हुन् । करिमले ७३७ र लिमीले ५९७ मत प्राप्त गरेका छन् ।

विगतको निर्वाचनमा यो ठाउँमा कांग्रेसले जित्न सकेको थिएन । करिमले पहिलो पटक एमालेको गढमा जित हात पारेका हुन् ।

लहान नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेदवार पनि यही वडाका मुनी साह हुन् । उनी ०७४ मा मेयरमा निर्वाचित भएका थिए । वडा पनि एमालेले नै जितेको थियो ।

हालसम्म मतगणना भएको वडा १ मा युगलकिशोर चौधरी, २ मा सियाराम यादव, ३मा रामदयाल महतो, ५ मा अब्दुल करिम, ६ मा रमेश गौतम, ७ मा रामअवतार शर्मा, र ८ मा श्याम साह (भोरेभोर) कांग्रेसका उम्मेदवारहरु प्यानलसहित विजयी भएका हुन् ।

वडा ४ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामनाथ पंडित विजयी भएका छन् । मेयरमा पदका कांग्रेसका उम्मेदवार महेश प्रसाद चौधरीको अग्रता सुरुदेखि कायमै छ ।

चौधरीले हालसम्म ६१४३ मत प्राप्त गरेको छ भने एमालेका उम्मेदवार मुनी साह ३२३४ मत ल्याएर दोस्रो स्थानमा छन् ।

उपमेयरमा पनि एमालेका उम्मेदवार सरियार चौधरीभन्दा रामचलितर महतो अगाडि छन् । चौधरी ०७४ को निर्वाचनमा उपमेयर निर्वाचित भएका थिए । – अन्नपूर्ण

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार ११:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ