धनुषाको लक्ष्मीनिया गाउपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउपालिका अध्यक्षमा भोगेन्द्र मिश्र तीन हजार ७६५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपाका शत्रुधन यादव तीन हजार ४९७ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी फुल कुमारी यादवनी तीन हजार ६२८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी जसपाकै विमला कुमारी यादव तीन ४६० मत ल्याएकी छन् ।

०७४ को निर्वाचनमा लक्ष्मीनिया गाउपालिका अध्यक्ष जसपाले जितेको थियो ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार १३:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ