सिरहाको विष्णुपुर गाउपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी


जनकपुरधाम । सिरहाको विष्णुपुर गाउपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जसपा उम्मेदवारले बाजी मारेका छन् ।

अध्यक्षमा एमालेका सत्यनारायण यादव विजयी भएका छन् । उनले २ हजार १५१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादव २ हजार ११७ मत ल्याएका छन् । जागेश्वर निवर्तमान अध्यक्ष हुन् ।

यस्तै उपाध्यक्षमा जसपाकी गीता कुमारी सिंह २ हजार २७२ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकला कुमारी यादव १ हजार ९६९ मत पाएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार १४:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ