स्थायी शिक्षकको जागीर छोडेर मेयरमा चुनाव लडेका कुशवाहा विजयी


जनकपुरधाम । सर्लाहीकाे बलरा नगरपालिकाकाे प्रमुखमा सरकारी सागिर छाडेर चुनाव लडेका रामशंकर कुशवाहा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा ४ हजार ६ सय ४३ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बलराले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अभय कुमार सिंह ३ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी काेशिला देवी विजयी भएकी छन् । उनी ४ हजार ३ सय ५१ मत ल्याएकी छन् । उनकाे निकटतम् प्रतिद्वन्दी लाेसपाकी रागनी देवी ३ हजार ७ सय ४० मत पाएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ