सिरहाको नवराजपुर गाउँपालिका कांग्रेसबाट जसपाले खोस्यो, शिवा बने अध्यक्ष


लहान । सिरहाको नवराजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

अध्यक्षमा जसपाका शिव उदगार यादव ‘शिवा’ दुई हजार बढी मतान्तरले विजयी भएका छन् । उनले ४५५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहन यादव मात्र २ हजार ५२५ मतमा समेटिए । कांग्रेस नेतृ एवं पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका भाई विश्वमोहन निवर्तमान अध्यक्ष हुन् ।

यस्तै उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३१८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकै शोभा कुमारी यादव २ हजार ३८५ मत ल्याएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ