भरतपुरको ताजा अपडेट : रेनु दाहाल ७ सय मतले अगाडी


चितवन । भरतपुर महानगरपालिका २३ हजार ८५ मत गणना भइसकेको छ । जसमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाइरहेकी छिन् ।

पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार दाहालले सुवेदीलाई ७०४ मतले पछि पारेकी छन् । हालसम्म दाहालले ८ हजार ४२ मत पाएकी छन् भने सुवेदीले ७ हजार ३३८ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पछि पछि देखिएका छन् । उनले ३ हजार ७९३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।​

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६९७ मत प्राप्त गरेका छन् । उपमेयरकी अर्की उम्मेदवार राप्रपाकी हिमला गुरूङले ६ हजार ३४ मत ल्याएकी छिन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार ०५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ