३८८ पालिकाको परिणाम सार्वजनिक : कांग्रेस १७८ पालिका जित्यो, अन्य कुन दल कति ?


काठमाडौं । गत शुक्रबार भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम जारी छ । बुधबार बिहानसम्म देशका ७५३ मध्ये ३८८ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।

बुधबार बिहानसम्मको परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । दोस्रोमा एमाले रहेको भने तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ ।

कांग्रेसले १७८ स्थानमा स्थानीय तह प्रमुखमा जित हात पारेको छ । उसले १७० उपप्रमुखमा जित हात पारेको छ । अझै १३४ स्थानीय तहको प्रमुखमा कांग्रेसले अग्रता लिइरहेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ११६ स्थानमा जित हात पारेको छ । उसले उपप्रमुख पनि ११६ नै जितेको छ । देशका ८६ स्थानीय तहमा अझै एमालेले अग्रता लिइरहेको छ ।

तेस्रो बनेको नेकपा माओवादी केन्द्रले ७९ स्थानीय तहमा जित हात पारेको छ । उसले उपप्रमुख भने ८३ जितेको छ । माओवादी केन्द्रले ३८ स्थानमा अग्रता बनाइरहेको छ ।

चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ५ स्थानमा जित हात पारेको छ । १२ उपप्रमुख जितेको छ । उसले १५ स्थानमा अग्रता बनाएको छ । पाँचै स्थानीय तह जितेको जसपाले उपप्रमुख पनि ५ जितेको छ । उसले २६ स्थानमा अग्रता लिइरहेको छ ।

जनमाेर्चाले पनि दुई स्थानमा जित हात पारेकाे छ ।देशभर तीन जना स्वतन्त्र पनि स्थानीय तहमा विजयी भएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार ०५:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ