भाईरल वडा अध्यक्षका उम्मेदवार १०० मतले विजयी


सिन्धुपाल्चोक । खुट्टामा पैसा राखेर ढोग्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० का कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृत खनाल विजयी भएका छन् ।

उनले १ हजार ४८ मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९ सय ४८ मत ल्याएका छन् ।

मेलम्ची नगरपालीका वडा नम्बर १० मा नेपाली कांग्रेस एक्लै र बाँकी चार दल एमाले, राप्रपा, माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो ।

खनालले घरदैलो अभियानमा फुपूले टिका लगाएर आशिर्वाद दिएपछि गोडामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको थियो ।

विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए । चितबुझ्दो स्पष्टीकरण दिएपछि आयोगले उहाँलाई कारबाही नगरेको हो ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार ०६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ