औरही गाउँपालिका अध्यक्षमा शिवजी यादवको अग्रता, टक्कर दिदै सिद्धार्थ र संजय


लहान । सिरहाको औरही गाउपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार शिवजी यादव सुरुदेखि नै अग्रता कायम राखेका छन् ।

औरही गाउँपालिका वडा ५ र ४ को मतगणना भइरहेको छ । अहिले वडा ३ को मतगणना जारी छ । ताजा परिणाम अनुसार जसपा अध्यक्ष उम्मेदवार यादवले १६७९ मतका साथ अगाडी छन् ।

उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार सिद्धार्थ यादव र जनमत पार्टीका अध्यक्ष उम्मेदवार संजय यादव पछ्याइरहेका छन् । सिद्धार्थले ११७६ र संजयले ११०१ मत ल्याएको बुझिएको छ ।

नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार सुभाष यादव भने प्रतिस्पर्धीमा पछि परेका हुन् । उनले अहिलेसम्म मात्र ८३१ मत ल्याएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ