मधेसमा मन्त्रीका छोरालाई हराएर जनमत पार्टीका माझी बने मेयर


सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २४६ मत प्राप्त गरे ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए ।

हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले आफ्नो जितको पहिलो खाता खोलेको छ ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ