बलान बिहुल गाउँपालिकामा पनि जनमत पार्टीका यादव विजयी !


जनकपुरधाम । सप्तरीको बलान–विहुल गाउँपालिका अध्यक्षमा पनि जनमत पार्टीका उम्मेदवार विजयी भएको समाचार एकाएक भाइरल बनेको छ।

तर बलान-बिहुलमा अझै मतगणना सम्पन्न भइसकेको छैन् । जनमत पार्टीका अध्यक्ष उम्मेदवार खेमचन्द्र यादव अग्रता कायम राखेको र केहि मत गणना गर्न मात्र बांकी रहेकाले उनी निर्वाचित भएको हल्ला चलेको छ ।

जनमतका उम्मेदवार यादवलाई नेकपा एमालेका अरुणकुमार गोइत यादव पछ्याइरहेका छन् । परिणाम आउन बांकी रहेकै बेला खेमचन्द्रलाई धेरैले बधाई दिएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ