‘चोर नेताहरुलाई नो भोट’ लेखिएको मतपत्र भेटियो


काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ