तिरहुत गाउँपालिकाको अध्यक्षमा विजय यादव विजयी


सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार यादव निर्वाचित भएका छन् ।

यादव ३ हजार ५५६ मत ल्याएर विजयी हुँदा निवर्तमान मेयर समेत रहेका जसपाका उम्मेदवार हेमन्तकुमार बहरखेरले २ हजार ९८६ मत पाएका छन् ।

यादव स्थानीय तह निर्वाचनको केही समयअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका थिए ।

उपाध्यक्षमा पनि कांग्रेसकै वीणादेवी यादवनी विजयी भएकी छन् । उनले ३ हजार ५१ मत ल्याइन् भने उनकी निकटतम प्रतिस्पर्धी जसपाकी रामवती देवी मण्डलले ३ हजार २० मत ल्याइन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ