बजेटलाई युवा र किसानमैत्री बनाउन पूर्वमन्त्री अरगरियाको आग्रह


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरियाले आगामी आर्थिक बर्षको बजेटलाई युवा र किसानमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधीसभाको बैठकमा बोल्दै धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले उक्त सुझाव दिएका हुन् ।

देशमा दिर्घकालिन योजनाबारे सोंच्न नसकिएको बताउँदै उनले यो दुःखद रहेको बताए । युवाहरु बेरोजगार भइरहेको, कुलतमा फँसिरहेकाले युवाप्रति ध्यान दिनुपर्ने बताए ।

उनले प्रत्येक बर्ष किसान मलखाद्य र सिंचाईका लागि दुःख भोगिरहेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । देशमा भइरहेको बजेटको दुरुपयोग पनि रोक्न मांग, देश भित्र अर्थ तन्त्र बलियो बनाउन जोड ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार २१:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ