मधेसकी प्रथम महिला मेयर रीना साह पुनः निर्वाचित, गठबन्धन झण्डै दोब्बरले मतले पराजित


गौर । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् ।

उनी गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् । अन्तिम मतपरिणामका अनुसार एमालेकी उम्मेदवार साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेस प्रदेशमा एक मात्र महिला मेयरको रूपमा निर्वाचित भएकी थिइन् ।

त्यस्तै, मौलापुर नगरपालिकाको उपमेयर पदमा पनि गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार नागेन्द्र राय यादव निर्वाचित भएका हुन् ।

उनले माओवादी केन्द्रकी उम्मेदवार रीना कुमारी साहलाई १ हजार ५ सय १० मतले पराजित गरेका हुन् ।यादवले ४ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साहले ३ हजार ४ सय ४ मत हासिल गरेका छन् ।

मौलापुर नगरपालिकाको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार २२:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ