औरहीमा मतपेटिकाको सिल कसरी टुट्यो ? विवादपछि मतगणना स्थगित


टुडेखोज, सिरहा । मतपेटिकाको सिल तोडिएको विषयमा विवाद भएपछि सिरहाको औरही गाउपालिकामा मतगणना स्थगित गरिएको छ ।

वडा नम्वर १ को मतपेटिकाको सिल तोडिएको फेला परेपछि हिजो राति मतगणना स्थलमा विवाद भयो । नेपाली कांग्रेसले सिल कसरी टुट्यो भन्ने जवाफ मागेको र जवाफ निर्वाचन अधिकृतले नदिएपछि विवाद बढेको हो ।

यो विषयलाई लिएर होहल्ला भएपछि निर्वाचन अधिकृतले मतगणना स्थगित गरेका छन् । उनले विवाद समाधान गर्न आज छलफल गर्ने बुझिएको छ ।

औरही गाउँपालिका ५, ४ र ३ वडाको मतगणना सम्पन्न भइसकेको छ । गाउपालिका अध्यक्षमा जसपाका उम्मेदवार शिवजी यादव सुरुदेखि अग्रता कायम राखेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार ०५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ