सिरहाको कर्जन्हा मेयरमा एमाले र उपमेयरमा जसपा विजयी


जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

मेयरमा एमालेका भोला प्रसाद पोखरेल विजयी भएका हुन् । उनले ३ हजर ८३९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी जसपाका केशव प्रसाद साहले ३ हजर २२३ मत ल्याएका छन् । निवर्तमान मेयर समेत रहेका नेकपा माओवादीका उम्मेदवार गंगा पासवानले २ हजार ४८२ मत पाएर तेस्रो स्थानमै सिमित बने ।

यस्तै उपमेयरमा जसपाकी लक्ष्मी कुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । उनी ३ हजार ४८७ मत ल्याउदा निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी निर्मला पासवानले ३ हजार ९५ मत पाएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार ०८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ