मधेसका अर्थमन्त्रीले मतदान गरेको विष्णुपुरको अध्यक्षमा जसपाका यादव विजयी


सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उमेशप्रसाद यादव निर्वाचित भएका छन् ।

उनले ३ हजार १६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन् । कांग्रेसका यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे ।

जसपा नेता तथा मधेसका अर्थमन्त्री शैलेन्द्र साहले मतदान गरेको पालिका हो विष्णुपुर । मन्त्री साहले आफूले मतदान गरेको वडा र पालिका अध्यक्षमा जसपा विजयी भएको फेसबुकमा लेखेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् ।

उनकी निकटतम् प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार ०९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ