सप्तरीको बलान बिहुल पनि कब्जा गरे जनमत पार्टी, अध्यक्ष र उपाध्यक्ष विजयी


जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बलान बिहुल गाउपालिकामा पनि कब्जा गर्न सफल भएको छ ।

बलान बिहुलको अध्यक्षमा जनमतका खेमचन्द्र यादव विजयी भएका छन् । उनले २ हजार ९९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यादव पूर्व माओवादी हुन् । जनयूद्ध कालदेखि माओवादीमा लागेका उनी जनमत पार्टीबाट सान्दार जित निकालेका छन् । उनका निकटम प्रतिस्पर्धी नविन कुमार झा २हजार २५७ मतमा समेटिए ।

माओवादी अध्यक्षका उम्मेदवार पविता कुमारी यादव मात्र २८८ मत ल्याएर छैठौं स्थानमा छन् ।

यस्तै उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २ हजार ६९० मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा देवी मण्डल २ हजार ३०४ मत ल्याइन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार ०९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ