शहिदनगरमा फेसबुकिया मेयर बरबरियाको अन्त्य, दिनेश यादव बने नयाँ मेयर


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा जसपा र कांग्रेसका उम्मेदबार विजयी भएका छन् । मेयरमा जसपाका दिनेश यादव विजयी भएका हुन् ।

दिनेश ५ हजार ७४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुधिर गोइत ४ हजार १०५ मत ल्याए । गोइत भन्दा पनि माओवादी उम्मेदवार तथा निवर्तमान मेयर उदय बरबरिया कम मत ल्याएका छन् ।

फेसबुकिया भनेर चिनिने बरबरिया पुन: मेयरमा जित्न प्रचण्डलाई नै शहिदनगर बोलाएर मत माग्न लगाएका थिए । तर जनताले उनलाई पत्याएनन् । अब उनको अन्त्य भएको छ ।

उपमेयरमा कांग्रेसकी सुनिता सिंहले ४ हजार ९३१ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ