विजयी जुलुस निकालेको ट्याक्टर पल्टियो, १३ जना घाईते, २ गम्भीर


विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा नवनिर्वाचित नेकपा एमालेको मेयर उपमेयरको विजय जुलुसमा टयाक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सुनवर्षी नगरपालिका वडा नम्वर ६ स्थित सिटौला टोलमा को. २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

विजय जुलुसमा सहभागी बोकेको ट्याक्टर पल्टँदा घाइतेमध्ये २६ वर्षका जलन्धर राजवंशी र ४० बर्षका राजकुमार सहनीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जनालाई उपचारका लागि विराटनगर ल्याइएको मोरङ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार २ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ