धनगढीमाई- ८ को वडाध्यक्षमा जनमत पार्टीका महतो विजयी


जयनाथ यादव, लहान । सिरहाको धनगढीमाई नगरपालिका ८ को वडाध्यक्षमा जनमत पार्टी विजयी भएको छ ।

वडाध्यक्षमा जनमत पार्टीका रामभरोस महतो ३८४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपाका राम प्रसाद महतो ३४३ मत ल्याएका छन् ।

धनगढीमाईको मेयलमा नेकपा एमालेका शिवशंकर महतो विजयी भइसकेका छन् । उपमेयरमा कांग्रेसकी संगिता कुमारी चौधरी जितेकी छन् ।

महतोले कांग्रेसका जिल्ला सभापति तथा पूर्व सांसद रामचन्द्र यादव र निवर्तमान मेयर समेत रहेका माओवादीका उम्मेदवार हरिनारायण चौधरीलाई पराजित गरेका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ