औरहीको अध्यक्षमा शिवजी जित्न लाग्दा षड्यन्त्र सुरु, कांग्रेसभन्दा जनमतको भोट बढी


टुडेखोज, सिरहा । औरही गाउँपालिकामा एउटा मतपेटिकाको सिल टुटेको विषयमा भएको विवाद अझै मिल्न सकेका छैन् । जसका कारण दुई दिनदेखि मतगणना स्थगित छ ।

अहिलेसम्म वडा नम्वर ५, ४, ३ र २ को मतगणना भइसकेको छ । तर मतपेटिकाको विषयमा विवाद भएपछि वडा १ को मतगणना रोकिएको छ ।

औरही गाउँपालिका अध्यक्षमा जसपाका शिवजी यादव ११२४ मतले अगाडी छन् । उनले २९३५ भोट ल्याउदा निकटम प्रतिस्पर्धी निवर्तमान अध्यक्ष तथा माओवादी केन्द्रबाट उम्मेदवार शिद्धार्थ यादव १११८ मत पाएका छन् ।

निवर्तमान मेयर हार्ने लगभग निश्चित भएपछि विवाद खडा गरिएको स्रोतको दावी छ । नेपाली कांग्रेस र माओवादीले जनमत पार्टीलाई समेत मिलाएर वडा नम्वर ४ मा पुन: चुनाव गराउन षड्यन्त्र रचिरहेको बुझिएको छ ।

गाउपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुभाष यादव भन्दा जनमत पार्टीका उम्मेदवार संजय यादवले बढी मत ल्याउन सफल भएका छन् ।

कांग्रेसका सुभाषले १४०४ मत ल्याउदा जनमतका संजय १५९७ मत पाएका हुन् । औरहीमा कांग्रेसभन्दा जनमतलाई मतदाताले बढी पत्याएको मतपरिणामले देखाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ