मधेसका मुख्यमन्त्री राउतकी श्रीमती उपाध्यक्षमा पराजित


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन पराजित भएकी छन् ।

जसपाबाट खातुन पर्साको जगरनाथपुर गाउपालिका उपाध्यक्षमा चुनाव लडेकी थिइन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी बविता सिंह ५५३१ मत ल्याएर विजयी भएकी छन् ।

३१२३ मत ल्याएकी खातुन निकटम प्रतिस्पर्धी समेत बन्न सकिनन् । विजयी सिंहको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिरादेवी कुर्मी ३३४५ मत पाएकी छन् ।

गाउपालिका अध्यक्षमा समेत त्यहाँ जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादव पराजित भएका हुन् । अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त यादव ५७४९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मो. सलिम मंसुर ३९२६ मत ल्याएका छन् । जसपाका यादव मात्र ३४४७ मतमा समेटिएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ