राजविराजमा जित्यो जसपा, भिमराज यादव बने मेयर


राजविराज । सप्तरीको राजविराज नगरपालिकाको मेयर र उपमेयर दुवै पद जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ ।

मेयरमा जसपाका भिमराज यादव ९ हजार ६२४ मत ल्याएर निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ८ सय ७ मत प्राप्त गरे । २०७४ सालमा भएको निर्वाचनमा शम्भु निर्वाचित भएका थिए भने भिमराज पराजित भएका थिए ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट १५ मत अन्तरले शम्भु जित्दा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका भिमराजले हार बेहोर्नु परेको थियो ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरम मिलेर जसपा बनेको थियो । तर, पछि पूर्व राजपाका नेताहरु लोसपा बनाएपछि शम्भु जसपामै बसेका थिए ।

पार्टीले टिकट नदिएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरी चुनाव लडे । जसपाले भने भिमराजलाई नै टिकट दिएर उम्मेदवार बनाए ।

उपमेयरमा जसपाकै इसरत प्रवीण निर्वाचित भएकी छन् । ७ हजार २६४ मत ल्याएर उनी निर्वाचित हुँदा नेपाली कांग्रेसकी सुशिला यादवले ४ हजार ४२७ मत ल्याइन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १२:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ