सिराहाको नरहा गाउँपालिकामा एमालेका यादव विजयी


सिराहा । सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव एक सय ७८ मतान्तरले विजयी भएका हुन् ।

उनले दुई हजार ६ सय ९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामसोगारथ यादवले दुई हजार पाँच सय १७ र कांग्रेसका कौशल मण्डलले दुई हजार एक सय १४ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेकै गुलावदेवी चौधरी निर्वाचित भएकी छिन् । चौधरी दुई सय ४८ मतान्तरले दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

चौधरीले दुई हजार पाँच सय ७१ मत पाएकी छिन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अरहुल्लादेवी यादवले दुई हजार तीन सय २३ र जनता समाजवादी पार्टी नेपालीकी फूलोदेवी यादवले दुई हजार एक सय चार मत प्राप्त गरेकी छिन् ।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेले नरहा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जितेको थियो । त्यसलाई यसपालि पनि निरन्तरता दिन सफल भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ